जकरिया 1:16 - पवित्र बाइबल16 यसकारण, परमप्रभु भन्नुहुन्छ, “म यरूशलेममा कृपा सहित जान्छु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “यसैकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्ने डोरी तन्काइनेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसकारण मेरो दया देखाउनलाई म यरूशलेममा फर्की आएको छु। मेरो मन्दिर फेरि बनाइने र यो सहर फेरि नयाँ गरी बसालिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |