श्रेष्ठगीत 8:5 - पवित्र बाइबल5 ती स्त्री को हुन्? जो आफ्नो प्रेमीसित अढेसिएर मरुभूमिबाट आउँदै छिन्। मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन्, जहाँ तपाईंको जन्म भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आफ्ना प्रेमीसित अड़ेस लाग्दै उजाड़-स्थानतिरबाट आउने को छ? स्याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्यहीँ तपाईंलाई जन्म दिन तिनलाई सुत्केरी बेथा लागेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्ना प्रियतमको हात समातेर त्यो मरु-भूमिबाट आउने को हो? स्याउको रूखमुनि मैले तिमीलाई निद्राबाट जगाएँ, तिमी जन्मेकै ठाउँमा मैले त्यसरी तिमीलाई जगाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आफ्ना प्रेमीसित अडेसिएर उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्? स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ; त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्; त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्। Viz kapitola |