श्रेष्ठगीत 7:12 - पवित्र बाइबल12 हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन् कि, र दारिमहरूका फूल लागेछन् कि हेरौं— त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बिहान सबेरै उठेर हामी दाखलाई हेरौंला, दाखका कोपिला फुटेछन् कि फल फुलेछन् कि भनी खोजौंला र दारिमका फूल फुल्नेछन् कि भनी हेरौंला र त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दाखमा कोपिला लाग्यो कि, तिनमा फूल फुल्यो कि, अनारहरूमा फूल फुल्यो कि, भनेर हेर्न हामी बिहानै दाखबारीमा जाऔँ— त्यहाँ म तपाईंलाई मेरो प्रेम प्रकट गर्नेछु। Viz kapitola |