रूथको पुस्तक 4:6 - पवित्र बाइबल6 त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यो सुनेर ती नजिकको नातेदारले भने, “म आफै यो काम गर्न सक्दिनँ, किनभने मेरो आफ्नै पैतृक-सम्पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्दिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यस मानिसले भने, “त्यसो हो भने म मेरो हक छोडिदिन्छु, कारण मेरो बालबच्चाले त्यो जमिनमाथि अधिकार पाउने रहेनछन्, जमिन तिमी किन। म किन्दिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यो सुनेर ती छुटाउनेवाला नातेदारले भने, “त्यसो हो भने म किन्न सक्दिनँ। किनकि मैले मेरो आफ्नै सम्पत्तिलाई गुमाउन सक्छु। तपाईं किन्नुहोस्; म किन्न सक्दिनँ।” Viz kapitola |