रूथको पुस्तक 1:6 - पवित्र बाइबल6 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुले आफ्ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 केही समयपछि परमप्रभुले आफ्ना प्रजालाई फेरि आशीर्वाद दिनुभएकोले राम्रो अन्नबाली हुन लागेको छ भनी नाओमीले सुनिन्। तिनी आफ्ना बुहारीहरूसँग मोआब देशबाट स्वदेश फर्कने तरखर गर्न लागिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब नाओमी मोआबमा छँदै याहवेहले यहूदामा आफ्ना मानिसहरूलाई भोजन जुटाएर सहायता गरिराख्नुभएको छ भनी तिनले सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार भए। Viz kapitola |