Online Bible

- Reklamy -




रूथको पुस्तक 1:1 - पवित्र बाइबल

1 धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1-2 धेरै समयअघि इस्राएल देशमा राजा थिएनन्। त्‍यति बेला देशमा अनिकाल पर्‍यो। त्‍यसो हुँदा एलीमेलेक नामका एक जना मानिस आफ्‍नी स्‍वास्‍नी नाओमी र दुई जना छोरा महलोन र किल्‍योनलाई लिएर यहूदा देशको बेथलेहेमबाट मोआब देशमा केही समयको लागि बसाइँ सरे। एलीमेलेक एप्राती वंशका थिए। त्‍यसरी मोआब देशमा बसेका बेलामा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 न्यायकर्ताहरूका शासनकालमा देशमा अनिकाल पर्‍यो। यसकारण यहूदाको बेथलेहेमबाट एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर केही समयको निम्ति मोआब देशमा बसाइँ सरे।

Viz kapitola kopírovat




रूथको पुस्तक 1:1

Následuj nás:

Reklamy


Reklamy