Online Bible

- Reklamy -




रोमी 7:6 - पवित्र बाइबल

6 विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो। तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 हामीलाई बन्‍धनमा राख्‍ने व्‍यवस्‍थाको लेखि मरेर हामी अब त्‍यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्‍माको नयाँ जीवनमा सेवा गर्दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अब हामी व्यवस्थाले भनेझैँ पुरानो तरिकाले होइन तर ख्रीष्‍टको आत्‍माको नयाँ तरिकाअनुसार सेवा गर्छौं किनभने अहिले हामी ख्रीष्‍टसँग मरेकाले यस व्यवस्थाको कैदबाट फुक्‍का भएका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।

Viz kapitola kopírovat




रोमी 7:6

Následuj nás:

Reklamy


Reklamy