रोमी 7:3 - पवित्र बाइबल3 तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने ऊ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि आफ्नो पति जीवित छँदै उसले अन्य पुरुषसँग यौन सम्बन्ध राखी भने ऊ व्यभिचारिणी कहलाइन्छे। तर उसको पतिको मृत्यु भयो भने ऊ विवाहको व्यवस्थाबाट स्वतन्त्र हुन्छे र अन्य पुरुषसँग विवाह गरिन् भने ऊ व्यभिचारिणी हुँदिन। Viz kapitola |