रोमी 4:17 - पवित्र बाइबल17 धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ” यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। Viz kapitola |