रोमी 3:26 - पवित्र बाइबल26 अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमेश्वरले अब यो युगमा आफ्नो न्याय देखाउन मानिसहरूका पाप हटाएर तिनीहरूलाई निर्दोष ठहराउनुहुन्छ। यसरी येशूमा विश्वास गर्ने हरेकलाई उहाँले ठीक ठहराउनुहुन्छ र आफैं धर्मी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्। Viz kapitola |