रोमी 3:25 - पवित्र बाइबल25 परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमेश्वरले ख्रीष्ट येशूलाई हाम्रो लागि प्रायश्चितको बलिदान स्वरूप दिनुभएर उहाँको रगत हाम्रो लागि बगाइएको हो भनी विश्वास गर्ने मानिसको पाप मेटिदिनुभएको छ। परमेश्वरले पापको सजाय ख्रीष्टमा दिएर आफैंलाई न्यायी देखाउनुभयो। परमेश्वरले ख्रीष्ट आउनुभन्दा पहिले आफ्नो रिस थामेर मानिसलाई पापको सजाय दिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। Viz kapitola |