रोमी 15:13 - पवित्र बाइबल13 तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 आशा दिने परमेश्वरमा तिमीहरूले विश्वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्। त्यसै गरी पवित्र आत्माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक। Viz kapitola |