रोमी 14:6 - पवित्र बाइबल6 जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कुनै दिन मुख्य ठान्नेले परमेश्वरकै आदरको निम्ति ठान्छ, खानेले परमेश्वरकै आदरको निम्ति खान्छ किनभने उसले परमेश्वरलाई धन्यवाद चढाएर खान्छ। नखानेले पनि परमेश्वरलाई धन्यवाद चढाएर उहाँकै आदरको निम्ति खाँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकाहारी छ, त्यसले त्यो प्रभुको निम्ति खाँदैन, र प्रभुलाई धन्यवाद दिन्छ। Viz kapitola |