रोमी 13:9 - पवित्र बाइबल9 म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।” यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 व्यवस्थाभित्र व्यभिचार नगर्नू, हत्या नगर्नू, चोरी नगर्नू, लोभ नगर्नू भन्ने आज्ञाहरू पर्दछन्। आफूलाई जस्तो माया गर्छौ, अरूलाई पनि त्यस्तै माया गर्नू भन्ने सबै व्यवस्था र आज्ञाको सार हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर्नू,” “मानव हत्या नगर्नू,” “चोरी नगर्नू,” “लोभ नगर्नू,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।” Viz kapitola |