रोमी 12:20 - पवित्र बाइबल20 यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, “तिम्रो शत्रु भोकाएको छ भने खान देओ, तिर्खाएको छ भने पानी देओ किनभने यसो गर्नाले तिम्रो शत्रुको टाउकोमा आगोको भुँग्रो थुपार्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ। यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।” Viz kapitola |