रोमी 11:24 - पवित्र बाइबल24 एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतूनकै रूखमा झन् कति बढ़ी कलमी बाँधिएलान्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अरू जातिका मानिस तिमीहरूचाहिँ जङ्गली जैतुनको रूखबाट काटिल्याएका हाँगाजस्तै छौ। त्यसो हुँदा स्वभावअनुसार नमिल्ने भए पनि बारीमा लगाएको जैतुनको हाँगामा गाँसिएका छौ। इस्राएलीहरूचाहिँ बारीमा भएको जैतुनको हाँगाजस्तै हुन्। यसो हुँदा तिनीहरूलाई फेरि ल्याएर जोर्नु परमेश्वरको लागि झन् सजिलो हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो अनि प्रकृतिविरुद्ध हुँदा-हुँदै पनि रोपिएको जैतुनको रूखमा कलमीद्वारा गाँसियौ भने झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतुनका रूखमा कति सहजै गाँसिएलान्! Viz kapitola |