रोमी 11:17 - पवित्र बाइबल17 भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यस्तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने, Viz kapitola |