रोमी 10:19 - पवित्र बाइबल19 फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्, “म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 म फेरि सोध्छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्न त बुझे, तर टेरेनन्। परमेश्वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्नुभएको थियो, “जो एक जाति नै होइन, तिनीहरूलाई छानेर म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्याउँछु। अबुझ जातिहरूलाई मुक्ति देखाएर म तिमीहरूको रिस उठाउँछु,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्; “जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।” Viz kapitola |