रोमी 1:20 - पवित्र बाइबल20 परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 संसारको सुरुदेखि नै उहाँले बनाउनुभएको कुराबाट मानिसहरूले परमेश्वरलाई जान्न सक्तछन्। परमेश्वरको सधैँ रहने शक्ति र ईश्वरीय स्वभावजस्ता नदेखिने गुणहरू पनि तिनीहरूले राम्ररी बुझ्न सक्छन्। त्यसो हुँदा तिनीहरूलाई कुनै बहाना गर्ने ठाउँ नै छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन। Viz kapitola |