रोमी 1:17 - पवित्र बाइबल17 सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँच्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सुसमाचारले मानिसलाई परमेश्वरले आफ्नो सामु कसरी ठीक ठहराउनुहुन्छ भन्ने देखाउँछ अनि परमेश्वरसँग ठीक ठहरिने कुरा विश्वासबाटै सुरु हुन्छ र विश्वासबाटै पूरा पनि हुन्छ। यस्तै धर्मशास्त्रले पनि भन्छ, “जो विश्वासद्वारा परमेश्वरसँग ठीक ठहरिन्छ, त्यही मानिसले नै जीवन पाउँछ,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।” Viz kapitola |