प्रकाश 6:8 - पवित्र बाइबल8 मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछिपछि लागेको थियो। अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मैले हेरें! हल्का पहेंलो रङ्गको एउटा घोडा देखा पर्यो। यसमाथि चढ्नेको नाउँ “मृत्यु” थियो र पाताल पनि यसको पछि लागेको थियो। तिनीहरूलाई लडाइँ, अनिकाल, महामारी र जङ्गली जन्तुहरूद्वारा एक चौथाइ भाग नाश गर्ने अधिकार दिइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो। Viz kapitola |