प्रकाश 5:13 - पवित्र बाइबल13 तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें, “उहाँ एक जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडा़को पाठाप्रति, सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 स्वर्ग, पृथ्वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्मान् र अधिकार भइरहोस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति सदासर्वदा भइरहोस्!” Viz kapitola |