प्रकाश 5:1 - पवित्र बाइबल1 तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठ्ठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातमा मैले एउटा बेरिएको कागजको मुट्ठा देखें। त्यो कागजको मुट्ठाको भित्र र बाहिर दुवैपट्टि लेखिएको थियो र त्यसलाई सातवटा मोहर लगाएर बन्द गरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मैले सिंहासनमा बस्नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो। Viz kapitola |