प्रकाश 4:8 - पवित्र बाइबल8 यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पखेंटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्: “पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्दै गाइरहन्छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती चारवटा जीवित प्राणीहरूका छ-छवटा पखेटा थिए र ती पखेटाहरूका बाहिर र भित्र दुवैपट्टि आँखाहरूले भरिएका थिए। रातदिन उनीहरूले नरोकीकन यसो भन्दै गीत गाइरहेका थिए, “सर्वशक्तिमान् परमप्रभु परमेश्वर पवित्र, पवित्र, पवित्र हुनुहुन्छ। उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ र उहाँ हुनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे: “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् प्रभु परमेश्वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।” Viz kapitola |