प्रकाश 3:9 - पवित्र बाइबल9 सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामी यहूदी हौं भनेर ढाँट्ने शैतानका गुठका त्यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्यार गरिराखेको छु भन्ने कुरा उनीहरूलाई थाहा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म ती शैतानका सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। Viz kapitola |