Online Bible

- Reklamy -




प्रकाश 3:12 - पवित्र बाइबल

12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 जसले जित्‍छ, मेरा परमेश्‍वरको मन्‍दिरमा म उसलाई एउटा खामो बनाउँछु र त्‍यहाँबाट ऊ कहिल्‍यै निस्‍कनेछैन। उसमा मेरा परमेश्‍वरको नाउँ अनि स्‍वर्गबाट ओर्लेर आउने उहाँको सहर नयाँ यरूशलेमको नाउँ लेख्‍नेछु र उसमा मेरो नयाँ नाउँ पनि लेख्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु।

Viz kapitola kopírovat




प्रकाश 3:12

Následuj nás:

Reklamy


Reklamy