प्रकाश 21:8 - पवित्र बाइबल8 तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर कातरहरू, धोखाबाज गर्नेहरू, घिनलाग्दा काम गर्नेहरू, ज्यानमाराहरू, व्यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्ति पूज्नेहरू र सबै झूट बोल्नेहरूको ठाउँचाहिँ आगो र गन्धकले जलिरहेको कुण्ड हो। त्यसमा पर्नुचाहिँ दोस्रो मृत्यु हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।” Viz kapitola |