प्रकाश 20:12 - पवित्र बाइबल12 अनि मैले ती महान अनि साधारण मानिसहरू जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी मरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि मरेका साना र ठूला सबै सिंहासनको अगाडि उभिरहेको मैले देखें अनि पुस्तकहरू खोलिएका थिए, अनि अर्को एउटा पुस्तक पनि खोलियो जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका उनीहरूका कामअनुसार मरेकाहरूको न्याय गरिँदै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो। Viz kapitola |