प्रकाश 2:9 - पवित्र बाइबल9 “मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 म तिम्रा कष्टहरू र तिम्रो दरिद्रतालाई जान्दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्दछु, जसले आफूलाई यहूदी हौं त भन्छन्, तर वास्तवमा तिनीहरू होइनन्। तिनीहरूले गरेका निन्दा म जान्दछु। तिनीहरू शैतानको सभाघर हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मलाई तिम्रो दु:ख-कष्ट थाहा छ, तिमी गरीब छौ भनेर पनि जान्दछु, तर वास्तवमा तिमी धनी छौ! यहूदी हौं भनी बहाना गर्नेहरूले तिम्रा विरुद्धमा गरेका नराम्रा कुरा मलाई थाहा छ, तिनीहरू शैतानका गुठका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मलाई तिमीहरूको पीडा र दरिद्रता थाहा छ; तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैँलाई यहूदीहरू हौँ भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्। Viz kapitola |