प्रकाश 19:20 - पवित्र बाइबल20 तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरू गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जनावर र त्यसको अगाडि अचम्मका चिन्हहरू देखाउने त्यो झूटो अगमवक्ता पनि कैदी भयो। ती अचम्मका चिन्हहरूले नै त्यसले त्यो जनावरको चिन्ह लाउने र जनावरको मूर्ति पूज्नेहरूलाई छलेको थियो। ती दुवै जिउँदै गन्धकले जलिरहेको त्यो आगोको कुण्डमा फ्याँकिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर त्यो पशु पक्राउ पर्यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए। Viz kapitola |