प्रकाश 19:10 - पवित्र बाइबल10 म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब ती स्वर्गदूतलाई आदर गर्न म उनको अघि झुकें, तर उनले मलाई भने, “यसो नगर।” मचाहिँ तिमी, तिम्रा भाइहरूसित र येशूको साँचो वचन मान्ने सबैसित काम गर्ने परमेश्वरको सेवक मात्र हुँ। परमेश्वरलाई मात्र पुज।” किनभने प्रभु येशू ख्रीष्टले प्रकट गर्नुभएको सत्यले नै अगमवक्तालाई प्रेरणा दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।” Viz kapitola |