प्रकाश 18:20 - पवित्र बाइबल20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ! खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हे स्वर्ग, त्यसको इन्साफमा रमाओ! हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हे स्वर्गमा भएका सबै, त्यो नाश भएकोमा रमाहट गर। परमेश्वरका भक्तहरू, प्रेरित र अगमवक्ताहरू सबै रमाओ किनभने त्यसले तिमीलाई जे गरी, त्यसको निम्ति परमेश्वरले त्यसलाई दण्ड दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “हे स्वर्ग, त्यसमाथि रमाओ! हे परमेश्वरका जनहरू, प्रेरितहरू र अगमवक्ताहरू हो, रमाओ! तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, त्यसरी नै परमेश्वरले त्यसको न्याय गर्नुभएको छ।” Viz kapitola |