प्रकाश 18:19 - पवित्र बाइबल19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने, ‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए! तर घण्टा भरमा त्यसको ध्वंस भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि तिनीहरूले आ-आफ्ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए, “हाय! हाय! त्यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्यो नष्ट भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उनीहरूले टाउकोमा माटो फ्याँकी यसो भनेर अझ विलाप गर्दै कराए, “यो सहरमा कस्तो आपत् आइलाग्यो। यो सहरका धन-सम्पत्तिबाट जहाजका मालिकहरू धनी भएका थिए। तर एकै घण्टामा त्यसका सबै कुरा नष्ट भए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसका समुद्रमा जहाज भएकाहरू त्यस स्त्रीको धनले धनी भएका छन्! एकै घण्टामा त्यो भस्म भएकी छे!’ Viz kapitola |