प्रकाश 18:14 - पवित्र बाइबल14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे, तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए। तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूले भन्नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्वादिष्ठ भोजनहरू र समस्त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्यै प्राप्त हुनेछैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 व्यापारीहरूले त्यसलाई भन्नेछन्, “तिमीले इच्छा गरेका असल कुराहरू हरायौ। तिम्रो धन-सम्पत्ति र मान-मर्यादा सबै नाश भइसके अनि ती सबै कहिल्यै पाउनेछैनौ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तिनीहरूले भन्नेछन्, ‘तिमीहरूले चाहेका फलहरू तिमीहरूदेखि गएका छन्। तिम्रा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’ Viz kapitola |