Online Bible

- Reklamy -




प्रकाश 17:8 - पवित्र बाइबल

8 त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देख्छन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउँहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीले देखेको त्‍यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्‍डबाट त्‍यो माथि उक्‍लन लागेको छ। अनि पृथ्‍वीका बासिन्‍दाहरू, जसका नाउँ संसारको उत्‍पत्तिदेखि जीवनको पुस्‍तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यस पशुलाई देखेर अचम्‍म मान्‍नेछन्, किनकि त्‍यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्‍यो गहिरो भड्खालाबाट निस्‍कनेछ र नष्‍ट हुनेछ। संसारको सृष्‍टि पहिले जीवनको पुस्‍तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्‍यो जनावर देखेर अचम्‍म मान्‍नेछन् किनभने त्‍यो जिउँदो थियो, अहिले मरेको छ। तर त्‍यो फेरि देखापर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ।

Viz kapitola kopírovat




प्रकाश 17:8

Následuj nás:

Reklamy


Reklamy