प्रकाश 16:21 - पवित्र बाइबल21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि पचास-पचास किलोसम्मको असिना आकाशबाट मानिसहरूमाथि ओइरिन लागे। ती मानिसहरूले असिनाको महा-विपत्मा परेर परमेश्वरलाई धिक्कार्न लागे किनभने साँच्चै त्यो डरलाग्दो विपत्ति थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 आकाशबाट पैँतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति निकै डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्वरलाई सरापे। Viz kapitola |