प्रकाश 15:3 - पवित्र बाइबल3 तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए: “परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरूका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वरको सेवक मोशाको गीत र थुमाको गीत उनीहरूले गाइरहेका थिए, “प्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका काम कति महान् र अचम्मका छन्। जाति-जातिका राजा, तपाईंका योजनाहरू ठीक र सत्य छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले परमेश्वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्। Viz kapitola |