प्रकाश 14:8 - पवित्र बाइबल8 तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुशरण गर्यो अनि भन्यो, “ऊ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब पहिलो स्वर्गदूतको पछि दोस्रो स्वर्गदूत यसो भन्दै आए, “ध्वंश भयो! महासहर बेबिलोन ध्वंश भयो। त्यसले संसारका सबै जातिलाई त्यसका व्यभिचारको कचौराबाट पियाएर उनीहरूलाई मताइदिई।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।” Viz kapitola |