Online Bible

- Reklamy -




प्रकाश 14:4 - पवित्र बाइबल

4 यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरू स्‍त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्‍छ उहाँको पछिपछि लाग्‍नेहरू यिनीहरू नै हुन्‌। परमेश्‍वर र थुमाको निम्‍ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उनीहरू कन्‍ये केटीहरूजस्‍ता चोखो छन्, जसले व्‍यभिचारी काम गरेका छैनन्। उनीहरूले थुमालाई मात्र पछ्याएका छन्। उनीहरू संसारका मानिसहरूबाट बचाइएका हुन् र परमेश्‍वर र थुमाको लागि सबैभन्दा पहिला चढाइएका भेटी हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्‍वर र थुमालाई पहिलो फलझैँ चढाइए।

Viz kapitola kopírovat




प्रकाश 14:4

Následuj nás:

Reklamy


Reklamy