प्रकाश 14:18 - पवित्र बाइबल18 त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अंङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरू पाकेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अंगूर पूरै पाकिसकेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अनि आगोमाथि अधिकार हुने अर्को एक स्वर्गदूत वेदीबाट आए। उनले हँसिया समाउने स्वर्गदूतलाई ठूलो सोरले यसो भन्दै कराए, “हँसिया चलाऊ र पृथ्वीको दाखबारीका दाखहरू काट किनकि तिनीहरू पाकिसकेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 आगोको जिम्मेवारी पाएका अर्का स्वर्गदूत वेदीबाट आए, र धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल; किनकि अङ्गुर पाकिसकेको छ।” Viz kapitola |