प्रकाश 14:15 - पवित्र बाइबल15 तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अर्को एक स्वर्गदूतले परमेश्वरको मन्दिरबाट निस्केर बादलमा बस्नुहुनेलाई यसो भनेर ठूलो सोरले कराए, “हँसिया लगाएर बाली काट्नुहोस् किनभने बेला भइसक्यो। पृथ्वीको बाली पाकिसकेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब मन्दिरबाट अर्का स्वर्गदूत आए, र बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, र पृथ्वीको बाली पाकिसकेको छ।” Viz kapitola |