प्रकाश 14:11 - पवित्र बाइबल11 अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र उनीहरूलाई पिरोल्ने आगोको धुवाँ सधैँ उँभोतिर उडेर जानेछ। जतिले त्यो जनावर र त्यसको मूर्तिलाई मान-आदर गर्छन् र त्यसको टीका लाउँछन्, दिन-रात आफ्नो सजायबाट विश्राम पाउनेछैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।” Viz kapitola |