प्रकाश 14:1 - पवित्र बाइबल1 त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 फेरि पनि मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको थियो र उहाँको नाउँ र उहाँको पिताको नाउँ, आ-आफ्ना निधारमा लेखिएका एक लाख चवालीस हजार मानिसहरू उहाँसित थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो। Viz kapitola |