प्रकाश 13:4 - पवित्र बाइबल4 मानिसहरूले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरूले त्यस पशुको पनि उपासना गरे। तिनीहरूले सोंचे, “त्यो पशु जस्तो शक्तिशाली को छ? को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि त्यो अजिङ्गरले आफ्नो अधिकार जनावरलाई दिएको हुनाले सबै अजिङ्गरलाई मान-आदर गर्थे र यसो भन्दै त्यो जनावरको पनि जयजयकार गर्थे, “त्यो जनावरजस्तो अरू को छ र? त्यससित लडाइँ गर्न सक्ने को छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे; किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, र तिनीहरूले त्यस पशुलाई पनि आराधना गरेर यसो भनी सोधे, “यो पशुजस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?” Viz kapitola |