प्रकाश 13:14 - पवित्र बाइबल14 त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो पहिलो जनावरको अगाडि यस्ता अचम्मका चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो। यसैले गर्दा संसारका सबै मानिसहरूलाई त्यसले भर्मायो। तरवारले घायल भएर पनि बाँचेको त्यो जनावरलाई मान्न सबैले त्यसको मूर्ति बनाउनू भनेर त्यो दोस्रो जनावरले हुकुम गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउनलाई हुकुम दियो। Viz kapitola |