प्रकाश 13:1 - पवित्र बाइबल1 त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि समुद्रबाट निस्की आउँदैगरेको एउटा जनावर मैले देखें। त्यसका दश सिङ र सातवटा टाउका थिए र प्रत्येक सिङमा एउटा मुकुट थियो र त्यसको प्रत्येक टाउकोमा परमेश्वरलाई अपमान गर्ने एउटा नाउँ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब मैले एउटा पशुलाई समुद्रबाट निस्कँदैगरेको देखेँ। त्यसका दश वटा सिङहरू र सात वटा शिरहरू थिए, र त्यसका सिङहरूमा दश वटा मुकुटहरू थिए; अनि प्रत्येक शिरमाथि एउटा ईश्वरनिन्दाको नाम लेखिएको थियो। Viz kapitola |