प्रकाश 11:8 - पवित्र बाइबल8 ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूका लाशहरू त्यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूका लाशलाई उनीहरूका प्रभुलाई क्रूसमा टाँगेर मारिएको त्यो ठूलो सहरको बाटोमा त्यसै छोडिएको हुनेछ, जुन सहरलाई उदाहरणको रूपमा ‘सदोम’ वा ‘मिश्रदेश’ भनिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। Viz kapitola |