प्रकाश 11:18 - पवित्र बाइबल18 संसारका राष्ट्रहरू क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरूको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्तहरूलाई र तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 जाति-जातिहरू रिसाएका छन्, अब त तपाईंको रिसाउने बेला भयो र मरेकाहरूको न्याय गर्ने बेला आएको छ। तपाईंका सेवकहरू अर्थात् तपाईंका अगमवक्ताहरूलाई, पवित्रजनहरूलाई र तपाईंको नाउँ मान्ने साना-ठूला सबैलाई इनाम दिने र पृथ्वी बिगार्नेहरूलाई नाश पार्ने बेला भएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।” Viz kapitola |