भजनसंग्रह 35:4 - पवित्र बाइबल4 कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो ज्यानको खेदो गर्नेहरू शर्ममा परून्, र तिनीहरू अपमानित होऊन्। मेरो विरुद्धमा उपाय रच्नेहरू लखेटिऊन् र अलमल्ल परून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मलाई मार्न खोज्नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्नुपरोस् र तिनीहरू अन्योलमा परून्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्। Viz kapitola |