भजनसंग्रह 31:19 - पवित्र बाइबल19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तपाईंको भलाइ कति महान् छ, जो तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले राख्नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्ने दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्छ, ती कति उदेकलाग्दा छन्! तपाईं कति भलो हुनुहुन्छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्छ, ती सबैले जान्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ। Viz kapitola |